यस्तो रहनेछ आजको मौसम

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको कारण देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुधबार देशको पहाडी भू-भागहरूमा आंशिक बदली रही तराईका थोरै भूभागमा हुसु/कुहिरो रहेको जानकारी दिएको हो । आज दिउँसो देशको पहाडी भू-भागमा आँशिक बदली रही प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ।



यसैगरी राति देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने सम्भावना रहेको जनाएको छ । तराईका भू-भागहरुममा बिहानको समयमा हुसु/कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

सम्बन्धित समाचार