
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत बागमती प्रदेशको केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भएको छ । गत मङ्सिर २७ गते भएको मतदानको आज सार्वजनिक गरिएको मतपरिणामअनुसार बागमती प्रदेशबाट ध्यानगोविन्द रञ्जित २,४१९ र राजेन्द्रकुमार केसी २,१२९ मत ल्याई केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।
यस्तै धुब्रप्रसाद अधिकारीले दुई हजार १११०, रमेशप्रसाद धमलाले एक हजार ६८४०, निमा ग्याल्जेन शेर्पा ३७५ र मनोज रानाले २४५ मत प्राप्त गरे । यसैगरी केन्द्रीय सदस्य (बागमती प्रदेश) महिलातर्फ उर्मिला नेपाल केसी दुई हजार ३४९ मत प्राप्त गरी निर्वाचित भएका छन् ।
यस्तै विष्णुदेवी पुडासैनीले एक हजार ६७० र कृष्णा अमात्यले ५५१ मत प्राप्त गरेको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए । दुई जनाका लागि भएको प्रतिस्पर्धामा ६ जनाले उम्मेदवारी दिएका थिए ।

