
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत लुम्बिनी प्रदेशको केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भएको छ । गत मङ्सिर २७ गते भएको मतदानको मंगलबार सार्वजनिक गरिएको मतपरिणामअनुसार लुम्बिनी प्रदेशबाट देवेन्द्रराज कँडेल २७२७ र चन्द्रबहादुर केसी २२६७ मत ल्याई केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।
विजयी भएका दुवै जना सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार हुन् । दुई जनाका लागि भएको प्रतिस्पर्धामा ६ जनाले उम्मेदवारी दिएका थिए । यस्तै, महिलातर्फ लुम्बिनी प्रदेशबाट शिला शर्मा खड्का निर्वाचित भएकी छन् । खड्काले २६७३ मत ल्याउदा उनकी प्रतिस्पर्धी रीता सेनले १४६३ मत प्राप्त गरेकी छिन् ।
उनी काँग्रेसका स्व. नेता खुमबहादुर खड्काकी पत्नी समेत हुन् । महिलातर्फको एक पदको लागि तीन जनाको प्रतिस्पर्धा थियो ।

