नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ पुस ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ। यान्छीले अध्यक्ष ओलीलाई उनकै निवास बालकोट पुगेर भेटवार्ता गरेकी हुन्। दोस्रोपटक एमाले अध्यक्षका रुपमा कार्यभार सम्हालेका ओलीसँग यान्छीको शिष्टाचार भेट रहेको एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले बताए।
अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट अनुमोदनका विषयमा चर्चा चलिरहँदा अध्यक्ष ओलीसँग राजदूत यान्छीको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
चीन नेपालमा एमसीसी नआओस् भन्ने चाहन्छ । ओलीसँगको भेटमा पनि यान्छीले एमसीसीबारे जिज्ञासा राखेको बताइन्छ ।

