समानता अभियान नेपालद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

समानता अभियान नेपालको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । पर्सा जिल्ला अन्तर्गत पर्सागढी नगरपालिका वडा नं. १ मा ३०० जना बिरामीहरूको निःशुल्क स्वास्थ्य चेक जाँच गरेको संस्थाद्वारा जारी प्रेस विज्ञप्तिमा जनाएको छ ।

निःशुल्क उपचार पाउनेहरूमा गरिब तथा विपन्न वर्ग, दलित, वृद्धवृद्धाहरू तथा एकल महिलाहरू तथा अशक्तहरु रहेको जनाइएको छ । चेक जाच भएका बिरामीहरूमध्ये ५६ मोतिया बिन्दु, ४८ जना डेन्टलका बिरामीहरू र बाँकी मेडिकल सम्बन्धी रहेका छन् । डा. विवेकराज गौतम, वरिष्ठ दन्तरोग विशेषज्ञ डा चन्द्रभूषण सिंह, मेडिकल विशेषज्ञ तथा मातृका आई फाउण्डेसनका वरिष्ठ चिकित्सकहरूद्वारा ५० जना मोतिया बिन्दुका बिरामीहरूकोे निःशुल्क शल्यक्रिया सम्पन्न भएको संस्थाका अभियन्ता गोलकुमार बस्नेतले जानकारी गराए ।



उक्त शिविरमा संस्थाका अभियन्ताहरू सोम लामा, विकुम कार्की, विकेस राय थारू, जोखु मियाँ, रामजनम खाँ थारूलगायतको सक्रिय उपस्थिति रहेको जनाइएको छ ।

 

सम्बन्धित समाचार