
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब तत्कालै सरकारले तीन तहको चुनाव घोषणा गर्नुपर्ने बताएका छन् । नेकपा एमालेको जिल्ला समिति पर्साले आज जगरनाथपुरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले वर्तमान सरकारले तत्कालै तीनै तहको चुनाव गरी देशलाई निकास दिनुपर्ने औल्याए ।
उनले कृषिको आधुनिकीकरण र विद्युतीकरणको विकासले मात्र देशको समृद्धि तथा विकास सम्भव भएकाले यसका लागि सरकारको ध्यान केन्द्रित हुनुपर्ने जिकिर गरे । उनले सामाजिक सुरक्षादेखि नागरिकको जीवनस्तर उकास्नका लागि नेकपा एमालेले विगतमा विभिन्न कार्य गरेको दाबी गरे ।
अध्यक्ष ओलीलाई पर्सामा आज आयोजित एक कार्यक्रममा एक सय ५१ किलोको माला लगाएर स्वागत गरिएको छ । नेकपा एमालेको जिल्ला समिति पर्साले जगरनाथपुरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पार्टी कार्यकर्ताले उनलाई एक ५१ किलोको माला लगाइ दिएर स्वागत गरेका थिए ।
जगरनाथपुर गाउँपालिकामा राखिएको पार्टी प्रवेश कार्यक्रमका लागि ओली पर्सा आउनुभएको हो । त्यस क्रममा ओलीले जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियालगायतका सयौँ नेता कार्यकर्तालाई नेकपा एमालेमा प्रवेश गराइ स्वागत गरेका थिए ।

