देश अभिभावकविहीन भयो, राजतन्त्र ल्याउन संघर्ष गर्छौः अध्यक्ष लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले देश अभिभावकविहीन भएको बताएका छन्। ठूला राजनीतिक दलहरुले परिवर्तनको नाममा देशलाई अभिभावकविहीन बनाएको उनको भनाइ छ।परिवर्तनका लाममा देशलाई लुटेर ठूला दलले राखेको उनले आरोप लगाए। देशको प्रगति, विकास र परिर्वतनको बाधक र सबै कुराको दोष राजसंस्थालाई दिएका ठुला पार्टीहरुले राजसंस्था अन्त्यको १४ वर्षसम्म पनि कुनै उपलव्धी हासिल गर्न नसकेको आरोप लगाए।

चुनावलाई महङ्गो र भड्किलो बनाउने, किनेर सांसद मन्त्री बन्ने–बनाउने, संसदलाई आयआजर्नको श्रोतको रुपमा लिने प्रवृति बढ्दै गएकाले अहिलेको व्यवस्थालाई सुधार गर्न जरुरी रहेको उल्लेख गरे। संसद पूर्ण समानुपातीक हुनुपर्ने र जनताले चुनेको व्यक्ति प्रधानमन्त्री बन्नुपर्ने र सांसद मन्त्री हुन नपाउने व्यवस्था लागु गर्न सकेमा देशमा सुधार हुने उनको भनाइ छ।

उनले हिन्दु राष्ट्र र राजसंस्था देशको स्थायित्वको आधार भएको बताएका छन्। राष्ट्रिय स्वाधिनताका लागि हिन्दुराष्ट्र र राजसंस्थाको विकल्प नभएको उनले दाबी गरे।

सम्बन्धित समाचार