नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ पुस ।
युएईमा जारी एसीसी यू-१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले आज (शुक्रबार) बंगलादेशसँग खेल्दैछ । सारजाहमा हुने खेल नेपाली समय अनुसार बिहान ११:१५ बजे सुरु हुनेछ ।
नेपालले टेस्ट राष्ट्र बंगलादेशलाई हराउदै प्रतियोगितामा सुखद सुरुआत गर्ने योजनाका साथ मैदान उत्रदैछ । तर, नेपालले बंगलादेशलाई पराजित गर्न भने त्यति सहज छैन । यद्यपि बंगलादेश पनि नेपाललाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गर्न योजनामा रहेकको छ ।
नेपालले पछिल्लो चार भेटमा बंगलादेशलाई पराजित गर्न सकेको छैन । समूह ‘बी’ मा रहेको नेपालले दोस्रो खेल आगामी डिसेम्बर २६ मा श्रीलंका र समूह चरणको अन्तिम खेल कुवेतविरुद्ध डिसेम्बर २८ मा खेल्नेछ । समूह ‘ए’ र ‘बी’ बाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।