स्वारको अध्यक्षतामा मार्केटिङ एशोसिएशन स्थापना

कान्तिपुर मिडिया ग्रुपका एजिएम महेश स्वाँरको अध्यक्षतामा ‘नेप्लिज मार्केटिङ एशोसिएसन’ (एनएमए) स्थापना भएको छ । एशोसिएशनको कार्य समिति (बोर्ड) मा स्वारसहित ९ जना रहेका छन् । विहीबार काठमाडौंको सोल्टी होटलमा आयोजित एक भव्य समारोहमा ‘एनएमए’को औपचारिक घोषणा गरिएको हो ।

एशोसिएशन (बोर्ड) का अन्य पदाधिकारीहरूमा महासचिवमा डा. गोपाल थापा, सचिवमा सुशील अवाले र कोषाध्यक्षमा पुनम सिंह तथा सदस्यहरूमा क्रमशः अभयप्रसाद गोर्खाली, सुमन शाक्य, सिर्जना जोशी महर्जन, सत्यन्द्र उप्रेती र सुरेन्द्र थापा रहेका छन् ।



कार्यक्रममा चार्टर मार्केटर प्राडा तुल्सी धरेललाई नेपालमा मार्केटिङ एशोसिएशन स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा संस्थाको मानार्थ सदस्यका रूपमा अभिनन्दन पनि गरेको थियो ।

 

 

सम्बन्धित समाचार