पुस १० गते सार्वजनिक बिदा

सरकारले क्रिसमस डेको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । हिजो बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले क्रिसमस डेको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

पुस ८ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयहरू सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की क्रिसमस डेको अवसरमा १० पुस अर्थात भोलि शनिबार सार्वजनिक बिदा दिइएको जानकारी दिए ।



इसाई धर्मका संस्थापक येशु ख्रीस्टको जन्मदिनको सम्झनामा क्रिसमस डे मनाइनेछ ।

सम्बन्धित समाचार