किन काठमाडौंमा झ्याप्प झ्याप्प बत्ति जान्छ ? कुलमानले दिए यस्तो जवाफ

नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले देशभर बिजुलीको माग बढेकाले काठमाण्डौमा बत्ती गइरहेको बताएका छन्। उनले माग धेरै बढेपछि ट्रान्सफर्मर फेर्नुपर्ने र फेर्नका लागि केही समय लाग्ने भएकाले बत्ती गइरहेको बताए । उनले काठमाडौं उपत्यकाको समस्या केही दिनमै हल हुने पनि बताए ।

आज काठमाडौंमा भएको कार्यक्रममा प्रमुख कार्यकारी निर्देशक घिसिङले भने, ‘अहिले देशभर हाम्रो माग गएको वर्षको भन्दा २५ देखि ३० प्रतिशत बढेको छ । इन्डक्शनदेखि लिएर अहिले सबै उपकरणहरू प्रयोग भयो कि जस्तो देखिन्छ । त्यसले गर्दा तीन सय, चार सय मेगावाट माग बढेको छ । त्यसैले काठमाण्डौमा केही ठाउँमा अहिले समस्या आएको भन्ने मलाई पनि जानकारी भएको छ । बेलुका साढे ५ देखि ७ बजेसम्म पिक हुन्छ । त्यो पिकको समयमा केही ट्रान्सफर्मरहरू ओभरलोडिङ भएको देखिन्छ । त्यसलाई तत्काल फेरेर अर्को ट्रान्सफर्मर राख्ने काम पनि भइरहेको छ ।’



प्रमुख कार्यकारी निर्देशक घिसिङले जायिकाको १५० मिलियनको फन्ड आइरहेको र त्यो फण्ड काठमाडौं र पोखराका प्रमुख क्षेत्रमा अन्डरग्राउन्ड केबलिङमा खर्च हुने बताए

सम्बन्धित समाचार