एमसीसीबारे भीम रावलले फेरे बोली

नेकपा (एमाले) का नेता भीम रावलले एमसीसी सम्झौंता संशोधन गरेर भने अघि बढाउन आफू पनि सहमत रहेको बताएका छन् । एमाले नेता रावलले एमसीसी संसदबाट पारित भए मुलुकमा समानान्तर सरकार बन्ने खतरा रहेको औंल्याउँदै त्यसलाई संशोधन गर्न जनदवाव दिनुपर्ने बताए ।

आज काठमाडौंमा आयोजित ‘अमेरिकी लोकतन्त्रको यथार्थ र एमसीसी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका उनले एमसीसी संशोधन विनानै संसदबाट पारित गरिए त्यसले मुलुकलाई शक्ति राष्ट्रहरुको द्वन्द्व र संघर्षमा परिणत गर्ने चेतावनी समेत दिए । नेता रावलले कुनै पनि देशभक्त नेपालीले त्यो सम्झौंता मान्न नसक्ने अडान पनि दोहो¥याए ।



नेपालकै कतिपय नेताहरुले सो सम्झौता संशोधन विना नै अघि बढाउनुपर्छ भनेको देखेर आफूलाई आश्चर्य लागेको नेता रावलको भनाइ छ ।

सम्बन्धित समाचार