नवकान्तिपुर संवाददाता
काठमाडौं, १० पुस ।

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन आइतबार शुरु हुने पार्टीको महाधिवेशनमा सहभागी नहुने भएका छन् । पुनको हाल चीनमा उपचार भइरहेको छ । स्वास्थ्यमा समस्या भएपछि थाल्याण्ड गएका उनी थप उपचारका लागि चीन पुगेका थिए ।
स्वास्थ्यमा सुधार आएकाले उनले सम्मेलनका लागि नेपाल आउन चाहेका थिए । तर उपचारका क्रममा भएको परीक्षणहरुको रिपोर्ट हेर्दा तत्काल नआउने निर्णयमा पुगेको पारिवारिक स्रोतले बताएको छ ।
पार्टीमा महासचिवको दाबेदार मानिएका पुनको अनुपस्थितिले महाधिवेशनमा उनी निकट नेताहरुले खल्लो महसुस गरिरहेका छन् । पार्टीको महासचिवमा पुनसहित जनार्दन शर्मा, कृष्णबहादुर महरा, पम्फा भुसाल, देवेन्द्र पौडेललगायतले दाबी गर्दै आएका छन् ।

