
नेकपा माओवादी केन्द्रको महाधिवेशनमा आजदेखि सुरु भएको छ । यसअघि पार्टीको राष्ट्रिय सम्मेलन भन्दै आएपनि माओवादीले महाधिवेशनमा रूपान्तरण गरेको हो।
प्रज्ञा भवन परिसरमा डिस्प्लेमार्फत उद्घाटन सत्रको प्रत्यक्ष हेर्ने व्यवस्था मिलाइएको छ। महाधिवेशनमा सहभागी हुन लागि देशभरका सातवटै प्रदेश र तीनवटा गैरभौगोलिक प्रदेशका प्रतिनिधि तथा पर्यवेक्षण काठमाडौँमा आइसकेका छन्। माओवादीले सहभागीलाई आफै खाने बस्ने प्रबन्ध गर्न भनेको छ।
तीन दिनसम्म चल्ने सम्मेलनमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन, विधानलगायतका दस्तावेज पेश हुनेछन्। उद्घाटनसत्र सकिएलगत्तै राजनीतिक प्रतिवेदन, विधानमाथि छलफल सुरु हुनेछ। त्यस्तै नेतृत्व चयनको कार्यक्रमसमेत रहेको छ।
सम्मेलनमा कूल एक हजार ६३१ को प्रतिनिधित्व हुनेछ। नियमित प्रक्रियाबाट छानिएका एक हजार ४८३ र मनोनीत १४८ गरी कूल एक हजार ६३१ को सहभागिता रहने माओवादीको भनाइ छ। माओवादी केन्द्रीय कार्यालयका अनुसार आयोजक समितिबाट १७९ सहभागी हुनेछन्।
भिडियो –
भिडियो साभार – न्युज एजेन्सी नेपाल (NAN )

