आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

२ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा २१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ९ हजार ६७७ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ७ हजार १८० जनाको पीसीआर परीक्षण गर्दा २१३ जना र दुई हजार ४९७ जनाको एन्टिजेन परीक्षण गर्दा ६ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण २ जनाको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ५८५ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज २८३ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ८ लाख १० हजार ७८० जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ४ हजार ९०६ रहेको छ । जसमा ४ हजार ६७७ जना होम आइसोलेसनमा छन् भने २२९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ७५ संक्रमित आईसीयूमा र २४ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ८ लाख २७ हजार २७१ र एन्टिजेन विधिबाट ९६ हजार १३१ जना पुगेको छ ।

सम्बन्धित समाचार