ओलीजी नरिसाउनुहोला, म गठबन्धन निर्वाचनसम्मै जाओस् भन्ने चाहन्छुः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धन कसैको विरुद्ध नभएको बताएका छन्। उनले संसद् र संविधान बचाउन यो गठबन्धन बनेको दाबी गरे। नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशन उद्‍घाटन समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले गठबन्धन एमाले वा अरु कसैकाविरुद्ध नभएको प्रस्ट पारे।

‘म पनि संविधान निर्माणमा संलग्न थिएँ। यो संविधानमै संसद् विघटन हुँदैन भनेर राखेको छ, ’ उनले भने, ‘यो संसद् बचाउने गठबन्धन हो। ओलीजी नरिसाउनुहोला, म गठबन्धन निर्वाचनसम्मै जाओस् भन्नेमा छु।’



उनले यसमा कसैले शंका नगरे हुनेसमेत बताए। ‘म अझै के चाहन्छु, गठबन्धन अझै लामो समय जाओस्। यो केपी शर्मा ओलीविरुद्ध पनि होइन,’ प्रधानमन्त्री देउवाले भने। उनले यो गठबन्धन निर्वाचनसम्म जाओस् भन्ने आफूले चाहेको बताए।

सम्बन्धित समाचार