प्रचण्ड हुँदासम्म माओवादीमा अध्यक्ष परिवर्तन गर्दैनौंः मातृका यादव

नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले पुस्तान्तरणको कुरा गर्नु पुजीवादी शैली भएको दाबी गरेका छन्। आइतबार कमलादीमा माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै यादवले बुढाले छोडेर युवालाई दिनुपर्‍यो भन्नु पुजीवादी शैली भएको बताएका हुन्।

‘अहिले चलेको छ के पुस्तान्तरणको कुरा बुढाहरुले छोडिदिनुपर्‍यो, युवालाई दिनुपर्‍यो,यो पुजिवादी शैली हो।’उनले भने,‘स्थापित लिडरहरुलाई पाखा लगाइदिने। केहि नजान्नेलाई नेता बनाइदिने। हामीले नेभर सेकेण्डको पनि अभ्यास हेर्‍यौं। मुख्य कुरा समाजलाई कसले बुझ्यो भन्ने हो।’



अध्यक्ष प्रचण्डले पार्टीबाट विश्राम लिन नपाउने यादवको भनाइ थियो । प्रचण्डको अनुभव जिवनको अन्तिमसम्म पार्टीमा प्रयोग हुनुपर्ने उनको भनाइ थियो ।

सम्बन्धित समाचार