सन्नी लियोनलाई गृहमन्त्रीले किन दिए यस्तो चेतावनी

बलिउड अभिनेत्री सन्नी लियोनलाई मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्रले चेतावनी दिएका छन्। युट्युभमा रिलिज भएको ‘मधुवन मे राधिका’बोलको म्युजिक भिडियो हटाउन भन्दै लियोनलाई मन्त्री मिश्रले आइतबार चेतावनी दिएका हुन्।

सन्नी लियोन र म्युजिक भिडियोको टिमले सो भिडियो आगामी तीन दिनभित्रमा हटाउनु पर्ने र यदी सो भिडियो नहटाए उनीहरुविरुद्ध कानुनी कारवाही गरिने चेतावनी गृहमन्त्री मिश्रले दिएका हुन्।



बलिउडकी विवादास्पद अभिनेत्री सन्नी लियोनले आफ्नो नयाँ एल्वमअन्तरगत सो म्युजिक भिडियो बनाएकी हुन्। सो भिडियो हटाउन मध्य प्रदेश र मथुरा क्षेत्रका बासिन्दाले समेत लियोनलाई चेतावनी दिइरहेका छन् ।

सम्बन्धित समाचार