किन हटाइयो महाधिवेशनस्थलबाट प्रचण्डको ‘कटआउट’ ?

नेकपा माओवादी केन्द्र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ‘कटआउट’ माओवादी केन्द्रको महाधिवेशनस्थलबाट हटाइएको छ । महाधिवेशनस्थल प्रज्ञा भवनमा प्रचण्डको ‘कटआउट’ राखिएपछि यस विषयमा चर्को आलोचना भएको थियो ।

चर्को आलोचना भएसँगै दोस्रो दिन ‘कटआउट’ हटाइएको माओवादी केन्द्रका नेता सुदन किँरातीले बताए । उनले नेतृत्वलाई थाहै नदिइ निकटस्थले चाकडी गर्नका लागि ‘कटआउट’ राखिएको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नेतृत्वलाई थाहै नदिइ गरिएको चाकडी हटाइसकिएको सबैलाई जानकारी । चाकडी प्रवृत्ति मूर्दावाद !’



माओवादी केन्द्रका नेता कर्ताकर्ताले प्रचण्डको ‘कटआउट’लाई पृष्ठभूमि बनाएर सेल्फी खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेपछि यस विषयमा चर्को आलोचना भएको थियो ।

 

 

 

सम्बन्धित समाचार