आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

१ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा २७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा १० हजार ८८६ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ९ हजार १५७ जनाको पीसीआर परीक्षण गर्दा २५१ जना र एक हजार ७२९ जनाको एन्टिजेन परीक्षण गर्दा २० जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण १ जनाको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ५८६ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज २२५ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ८ लाख ११ हजार ५ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ४ हजार ९३१ रहेको छ । जसमा ४ हजार ६९४ जना होम आइसोलेसनमा छन् भने २३७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ७८ संक्रमित आईसीयूमा र २३ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ८ लाख २७ हजार ५२२ र एन्टिजेन विधिबाट ९६ हजार १५१ जना पुगेको छ ।

सम्बन्धित समाचार