कति समूह गठन गरियो प्रचण्डको राजनीतिक प्रतिवेदन माथि छलफल गर्न ?

२५ समूह गठन

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन माथि छलफल गर्न समूहगत विभाजन गरिएको छ ।

आज (सोमबार) देखि कमलादीस्थित प्रज्ञा भवनमा सुरु भएको बन्दसत्रमा उनले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदनमा प्रचण्डले शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेसँगै माओवादीको उतारचढाव र समग्र विशेषमा विश्लेषण गरेका थिए ।



प्रतिवेदनमाथि समूहगत छलफल गरी सुझाव प्रस्तुत गर्न सोमबार २५ समूह बनाई संयोजकहरु तोकिएका छन् । जसअनुसार जेष्ठ कम्युनिस्ट मञ्चमा एमके प्रसाईंलाई संयोजक तोकिएको छ भने सल्लाहकार समितिको २ समूह विभाजन गरिएको छ । जसको नेतृत्व नन्दकुमार थापाले गरेका छन् ।

यस्तै प्रदेश १ समूहको संयोजकमा हर्क नेम्वाङ, प्रदेश २ को संयोजकमा गणेश शाह, वागमतीको संयोजकमा सरल सहयात्री पौडेल, गण्डकीको संयोजकमा गायत्री गुरुङ, लुम्बिनीको संयोजकमा चक्रपाणि खनाल, कर्णलीको संयोजकमा विमला केसी र सुदूरपश्चिमको संयोजकमा खगराज भट्ट संयोजक तोकिएका छन् । सातै प्रदेशको पनि दुई दुई वटा समूह बनाइएको छ ।

त्यसैगरी प्रवास समितिमा पनि दुई दुई वटा समूह बनाइएको छ । जसको संयोजकमा लक्ष्मण पन्त रहेका छन् । यता केन्द्रीय विभागमा संयोजकमा मायाप्रसाद शर्मा रहेकी छन् र यो पनि दुई समूह बनाईएको छ । प्रदेश समूह संयोजकमा जगत शिंखडाले रहेका छन् । यसैगरी सम्पर्क समन्वय प्रदेशको कृष्ण अधिकारी,  जनवर्गीय मोर्चाहरुको समूहको संयोजकमा अमृता थापा तोकिएकी छिन् । यस्तै पार्टीका सबै आयोगहरुको एक समूह बनाइ संयोजकमा विष्णुविकास श्रेष्ठ तोकिएका छन् ।

सम्बन्धित समाचार