माओवादी महाधिवेशनमा आज राम कार्कीको प्रतिवेदन पेस हुँदै

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनअन्तर्गत बन्दसत्र जारी छ। आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेको छ। त्यसैगरी, आजै राम कार्कीले आफ्नो अलग्गै प्रतिवेदन पेस गर्ने बताएका छन्।

बन्दसत्रको पहिलो दिन नै प्रतिबेदन पेश गर्न खोजेका कार्कीलाई अध्यक्ष प्रचण्डले तपाईंले उठाएका विषय समेटेको भन्दै रोकेका थिए। अध्यक्ष प्रचण्डको प्रतिवेदन चित्तबुझ्दो नलागेपछि अफ्नो प्रतिवेदन पेश गर्न लागेको कार्कीले बताए। आफ्नो तर्फबाट प्रतिवेदन पेश गरेर सुझाव लिने कार्कीको भनाइ छ।



बन्दसत्रमा आज समूहगत छलफल हुँदै छ । त्यसका लागि माओवादी केन्द्रले बन्त्रसत्रमा सोमबार २५ वटा समूह बनाएको थियो।

सम्बन्धित समाचार