नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ पुस ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) रअर्को वाम घटक नेकपा (जनवादी)बीच पार्टी एकताको घोषणा भएको छ ।
आज (मंगलबार) राष्ट्रिय सभागृहमा दुई पार्टीबीच एकता घोषणा भएको हो । कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालसहित दुवै पार्टीका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो । नेकपा जनवादी २०६२ सालमा तत्कालीन सशस्त्र द्वन्द्वमा रहेको माओवादीबाट विद्रोह गरेको घटक हो । यसको नेतृत्वमा देवेन्द्रसिंह महता थिए ।
यसअघि नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष नेपालले १३ पुसमा विभिन्न दलबीच एकता हुने घाेषणा गरेका थिए ।

