नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ पुस ।
पछिल्लो चौबीस घण्टामा नेपालमा २६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १२ हजार ५६६ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ८ हजार ५३६ जनाको पीसीआर परीक्षण गर्दा २४१ जना र चार हजार ३० जनाको एन्टिजेन परीक्षण गर्दा २३ जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण २ जनाको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ५८८ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज २६० जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ८ लाख ११ हजार २६५ जना पुगेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या ४ हजार ९१० रहेको छ । जसमा ४ हजार ६६५ जना होम आइसोलेसनमा छन् भने २४५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ८४ संक्रमित आईसीयूमा र २२ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ८ लाख २७ हजार ७६३ र एन्टिजेन विधिबाट ९६ हजार १७४ जना पुगेको छ ।