जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

रौतहटमा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय बीआर ०५पीए ६९५३ नम्बरको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुनील मल्लले जानकारी दिए ।

उक्त जिपमा आठ जना सवार रहेका थिए । बाँकी तीन जना घाइते रहेका उनले बताए । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।



उनका अनुसार गरुडा नगरपालिकाको जयनगरमा अनियन्त्रित हुँदा जिप दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । मृतक र घाइतेको परिचय खुलिनसकेको उनले बताए ।

सम्बन्धित समाचार