नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ पुस ।

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई भेटेका छन्। नवनिर्वाचित महामन्त्री शर्मालाई भेटेर पाण्डेले बधाई तथा शुभकामना दिएका थिए।
संयोजक पाण्डे र बागमती प्रदेश संसदीय दलका नेता रमेश पौड्यालले कांग्रेस महामन्त्री शर्मालाई भेटेको नेता हरिशप्रसाद भट्टले बताए। उनीहरूबीच भेटवार्तामा नेपालको लोकतान्त्रिक आन्दोलन, पार्टीहरूको आन्तरिक लोकतन्त्र, युवा नेतृत्व र संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान सुदृढ गर्दै अगाडि बढ्ने विषयमा कुराकानी भएको भट्टले उल्लेख गरेका छन्।
साथै उनीहरूबीच लोकतन्त्र, राष्ट्रियता, शिक्षा, रोजगार, स्वास्थ्य, सुशासन जस्ता विषयसँगै नागरिकको अवस्था बदल्ने विषयमा राजनीतिमा सहकार्य गर्दै संवाद जारी राख्ने कुरा भएको बताइन्छ ।

