नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ पुस ।

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रमुख राजनीतिक दलहरुकाबीच सहमति र राष्ट्रको हित अनुकूल हुने गरी एमसीसीलाई अगाडि बढाउनुपर्ने बताएका छन्। परासीमा आयोजित पत्रकार सम्मेलनमा उनले समय आएपछि पार्टीले निर्णय लिने बताए।
एमसीसीबारे तपाईंको धारणा के हो भन्ने प्रश्नमा उनले भने ‘पार्टीले समय आएपछि एमसीसीका विषयमा निर्णय लिन्छ। यस विषयमा सहमतिकै आधारमा अघि बढाउनुपर्छ भन्ने मेरो धारणा छ ।’
अध्यक्ष यादवले राज्य पुनःसंरचना आयोगले सिफारिस गरे अनुसारको प्रदेश बनाउनुपर्ने र स्थानीय तहको संरचना पनि परितर्वन गर्नुपर्नेमा जोड दिए।

