नवौं अन्तर्राष्ट्रिय टोपी दिवस मनाउन प्रतिष्ठानको आग्रह

नेपाली टोपी प्रतिष्ठानले आगामी पौष १७ गते अर्थात् जनवरी १, २०२२ का दिन नवौं अन्तर्राष्ट्रिय टोपी दिवस मनाउन आग्रह गरेको छ । आज (बिहीबार) एक विज्ञप्ति जारी गर्दै प्रतिष्ठानले अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन विश्वव्यापी रूपमा आग्रह गरेको हो ।

नेपाली टोपी दिवसलाई जनवरी १ तारिखका दिन मनाउनुको प्रमुख उद्देश्य, सो दिनलाई नेपाली टोपी दिवसको रुपमा स्थापना गर्ने तथा नेपाली टोपीलाई विश्वभर फैलिएका नेपाली वा नेपालीमुलका नागरिक एवं सम्पूर्ण नेपालीभाषीहरुको अन्तर्राष्ट्रिय पहिचानका रुपमा स्थापित गराउनु रहेको प्रतिष्ठानबाट जारी विज्ञप्तिमा उल्लेख छ ।



अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै

प्रत्येक देशको आ–आफ्नै पहिचानका बस्त्र हुने गरेकोमा नेपाली टोपी पनि नेपाली नागरिक, संसारभर फैलिएका नेपाली भाषी एवम् नेपाली मूलका नागरिक सबैको नेपालीपनको अन्तर्राष्ट्रिय पहिचानका रूपमा स्थापित होस् भन्ने उद्देश्यका यस अभियानको थालनी भएको विज्ञप्तिमा उल्लेख छ ।

संस्थापक अभियन्ता डा. लेखनाथ काफ्ले र शंकर बन्जाडेले सामाजिक संजालबाट सुरु गरेको यस अभियानलाई संस्थागत र थप व्यवस्थित बनाउन ‘नेपाली टोपी प्रतिष्ठान’ नामक संस्था पनि गठन भइसकेको छ भने नेपाली टोपी प्रतिष्ठानका सल्लाहकार तथा रोमानियाका लागि नेपाली अवैतनिक वाणिज्यदूत नवराज पोखरेलको विशेष पहलमा हालसम्म विश्वका ३९ देशमा समेत नेपाली टोपी प्रतिष्ठानका शाखा गठन भइसकेका छन् र थप गठन हुने प्रक्रियामा रहेको पनि विज्ञप्तिमा जनाइएको छ ।

प्रतिष्ठानले संसारभर फैलिएको कोभिड महामारी र यसले मानव स्वास्थ्यमा पार्न सक्ने नकारात्मक प्रभावलाई मध्यनजर गर्दै यस वर्ष प्रतिष्ठानका तर्फबाट कुनैपनि औपचारिक कार्यक्रम आयोजना नगरिने जानकारी दिएको छ । त्यस्तै संसारभर विभिन्न मुलुकमा बसोबास गर्ने सबै नेपाली दाजुभाई दिदिबहिनीहरुमा गत वर्ष जस्तै यस पटकको टोपी दिवस पनि सामाजिक दुरी कायम गरी, स्वास्थ्य सम्बन्धि सबै नियमहरु पालना गरी सम्बन्धित देशका नियम परिधिभित्र रही मनाउन प्रतिष्ठानले विशेष अपिल गरेको छ ।

 

 

सम्बन्धित समाचार