नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ पुस ।

लुम्बिनी प्रदेश सरकारले कर्मचारी माग गरेको छ । आज (शुक्रबार) एक सूचना जारी गर्दै लुम्बिनी प्रदेशले चार सयभन्दा बढी करार सेवामा कर्मर्चारी माग गरेको हो ।
लुम्बिनी प्रदेशको कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयले करार सेवामा ४३६ जना कर्मचारी मागेको हो । उक्त मन्त्रालयले नायब प्राविधिक सहायक र नायब पशु सेवा प्राविधिकमा कर्मचारी माग गरेको छ ।
इच्छुक व्यक्ति र माग गरे बमोजिम योग्य आवेदकले २०७८ पुस ३० सम्म मन्त्रालयको वेवसाइट मार्फत विज्ञापन प्रिन्ट गरी विज्ञापित सबै पदहरुमा छुट्टाछुट्टै तोकिए बमोजिमको कार्यालयमा मात्र दरखास्त बुझाउनु पर्ने मन्त्रालयले जनाएको छ । त्यस्तै मन्त्रालयले डबल दस्तुरको व्यवस्था नरहेको जनाएको छ ।
सूचना :

