नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ पुस ।

नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन अहिले जारी रहेको छ । शनिबारका लागि बन्दसत्रको कार्यक्रम स्थगित भएका छन् । यद्यपी आइतबार दिउँसो एकबजेबाट पुनः कार्यक्रम सुरु हुनेछन् । पहिलो पटक बहुपलीय संरचनामा गएको माओवादी केन्द्रले सकेसम्म सहमतिबाट नै सबै प्रक्रिया टुंगोमा पुर्याउन प्रयास भइरहेको छ ।
नेता शक्ति बस्ने आइतबार केन्द्रीय समितिको टुंगो लाग्ने र सम्भवतः आइतबार नै केन्द्रीय समितिले पदाधिकारीको टुंगो लगाउने बताउँछन् । बस्नेतले भनेअनुसार प्रक्रिया अगाडी बढेपनि सबैलाई कसरी समेटेर माओवादी अगाडी बढ्छ भन्ने मुख्य चासोको विषय बनेको छ ।
अहिले माओवादीका एक नेता महासचिवको दावेदारका रुपमा हेरिएका वर्षमान पुन उपचारका लागि चीनमा रहेका छन् । पुनलाई महाधिवेशनले कसरी समेटेर अगाडी बढ्छ भन्नेतर्फ सबैको ध्यान गएको छ । नेता बस्नेत पुनसँग निरन्तर संवाद भइरहेको बताउँछन् । अध्यक्ष प्रचण्डसँगपनि उनको कुरा निरन्तर भइरहेकाले सबैका भावना समेटेर पार्टी अगाडी बढ्ने उनले बताए ।

