माओवादीको निर्वाचन कार्यतालिका तेस्रो पटक संशोधन

नेकपा माओवादी केन्द्रको निर्वाचन तालिका तेस्रो पटक संशोधन भएको छ । नेकपा (माओवादी केन्द्र) को जारी आठौं राष्ट्रिय महाधिवेशनमा पार्टीभित्र सहमतिकै आधारमा केन्द्रीय कमिटी र पदाधिकारी चयन हुनुपर्छ भन्नेमा छलफल भइरेको छ ।

यसअघि शनिबार माओवादी केन्द्रको निर्वाचन तालिका समितिले सार्वजनिक गरेको थियो । तर, निर्वाचन समितिले अर्को संशोधन तालिका सार्वजनिक गरेर आइतबार दिउँसो २ बजेदेखि गर्ने गरी निर्वाचन तालिका सार्वजनिक गरेको थियो । दिउँसो २ बजे सम्म पनि निर्वाचन नहुने भएपछि समितिले तेस्रो पटक संशोधन गर्दै दिउँसो ४ बजेका लागि निर्वाचनको संशोधित कार्यतालिका सार्वजनिक गरिएको हो ।



निर्वाचन प्रक्रिया सुरु भएमा महाधिवेशन थप २ दिन लम्बिने देखिएको छ । अहिले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहमतिमै केन्द्रीय कमिटी र पदाधिकारीको नाम चयन गर्नेगरी छलफलमा जुटेका छन् ।

 

 

सम्बन्धित समाचार