नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ पुस ।

आन्दोलनरत सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्तामाथि प्रहरीले गोली चलाएको छ । आज (आइतबार) पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषाको पोर्ताहमा आन्दोलन गर्दै आएका जनमत पार्टीका कार्यकर्तामाथि प्रहरीले गोली चलाएको हो ।
प्रहरीको गोली लागि ५ जना घाइते भएका छन् । प्रहरीले ११ राउण्ड रबरको गोली र १६ राउण्ड अश्रु ग्यास प्रहार गरेको थियो । घाइते हुनेहरुमा नथुनी यादव, विजय यादव, रामदयाल मुखिया, बैजनाथ यादव र सन्जय साह रहेका छन् । घाइतेहरुको उपचार प्रादेशिक अस्पताल जनकपुरधामा भैरहेको जनमत पार्टीले जनाएको छ । घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै झडपमा परी नेपाल प्रहरीका एक जना र सशस्त्र प्रहरीका एक जना घाइते भएका छन् । किसानलाई समयमा मल र बीउ उपलब्ध गराउन माग गर्दै जनमत पार्टीले मधेशमा आन्दोलन गरिरहेको छ ।

