नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ पुस ।

कञ्चनपुरको उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्या घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । घटनाका बेला तीन जना भारतीय नागरिक उल्टाखाम क्षेत्रमै बसोबास गरेको पाइएपछि प्रहरीले निगरानी बढाएको थियो।
त्यसमध्ये पनि एक जना बढी शंकास्पद देखिएपछि नियन्त्रणमा लिइएको प्रहरीले स्रोतले जानकारी दियो। यद्यपि, बलात्कार तथा हत्या घटनामा ती नागरिक संलग्न रहेरनरहेको पुष्टि भएको छैन।
२०७५ साउन १० गते बेपत्ता भएकी बालिका पन्त भोलिपल्ट घर नजिकैको उखुबारीमा मृत भेटिएकी थिइन्। उनको बलात्कार तथा हत्या घटना प्रहरीले अहिलेसम्म सुल्झाउन सकेको छैन।
