पदाधिकारी चयन गर्न माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय समिति बैठक बस्दै

नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय समितिको प्रथम बैठक आज बस्ने भएको छ ।ललितपुरको सानेपा हाइटस्थित हेरिटेज प्लाजामा दिउँसो ३ बजे बस्ने बैठकमा पदाधिकारी चयनबारे छलफल हुने छ ।

निवर्तमान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजको बैठकबाट पदाधिकारी चयन गरिने बताएका छन् ।



हिजो बन्दसत्रमा प्रचण्डले प्रस्ताव गरेको २३६ जना केन्द्रीय सदस्यको नाम पारित भएको थियो। अध्यक्ष प्रचण्डले समानुपातिकतर्फ १२५ र खुलातर्फ १११ जना गरी २३६ जनाको नाम प्रस्ताव गरेका थिए।

सम्बन्धित समाचार