नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ पुस ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका अति प्रिय पात्र भनेर चर्चित एमाले पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले काठमाडौंमा सम्पन्न आठौं महाधिवेशनबाट ‘सर्वसम्मत’ रूपमा आइतबार नवनिर्वाचित २३७ सदस्यीय माओवादी केन्द्रको केन्द्रीय समितिविरुद्ध बा शब्दसहित कटाक्ष गरेका छन्।
नेकपा एमालेमा बा प्रवृत्ति हाबी भएको भन्दै कटाक्ष हुने गरेकोमा बाँस्कोटाले सो आरोप माओवादीलाई लगाएका हुन् । प्रचण्डको परिवारबादलाई टेक्दै बाँस्कोटाले कटाक्ष गरेका हुन् ।
बाँस्कोटाले आइतबार राति सामाजिक सञ्जालमा लेखेका छन्, ‘दाइ+भाइ+बा+छोरी+ससुरा+बुहारी+मनोनीत हुन बाँकी ज्वाइँ + परिवार पार्टी पनि देखियो नेपालाँ।’

