आरजुले भाजपाका विदेश विभाग प्रमुखसँग वार्ता गरेको विषयमा भीम रावलले गरे यस्तो ट्विट

नेकपा एमालेका निवर्तमान उपाध्यक्ष भीम रावलले आरजु राणा देउवाले भारत भ्रमणको क्रममा भाजपाका विदेश विभाग प्रमुखसँग नयाँ दिल्लीमा वार्ता गरेको विषयमा प्रश्न गरेका छन् ।

हिजो (आइतबार) एक ट्विट गर्दै रावलले श्रीमती आरजू राणा देउवाको भाजपाका विदेश विभाग प्रमुखसँग नयाँ दिल्लीमा वार्ताको समाचार आयो, के अब नेपालको परराष्ट्र मामिलामा श्रीमान र श्रीमती मामिला, स्वार्थ र प्रवृत्तिको प्रवेश हुनलागेको हो? भन्दै प्रश्न गरेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको तयारी चलिरहेका बेला देउवा पत्नी आरजु राणा गत पुस १४ गते सुटुक्क नयाँ दिल्ली पुगेकी थिइन् । प्रधानमन्त्री देउवा पुस २५ गतेदेखि भारत भ्रमणमा जाने कार्यक्रम छ।



रावलले ट्विटरमा लेखेका छन्, ‘श्रीमती आरजू राणा देउवाको भाजपाका विदेश विभाग प्रमुखसंग नयाँ दिल्लीमा वार्ताको समाचार आयो, के अब नेपालको परराष्ट्र मामिलामा श्रीमान् र श्रीमती मामिला, स्वार्थ र प्रवृत्तिको प्रवेश हुनलागेको हो?’

रावलको ट्विट :

रावलको ट्विट

सम्बन्धित समाचार