गायक राजेशपायल राईलाई दुर्व्यवहार गर्ने व्यक्तिले मागे माफी

चर्चित गायक राजेश पायल राईलाई दुर्व्यवहार गर्ने व्यक्तिले माफी मागेका छन् । अमेरिकाको न्युयोर्क शहरमा अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजित एक कार्यक्रममा उनीमाथि दुर्व्यवहार भएको हो ।

उनलाई स्टेज माथि गएर पासाङ दावा शेर्पाले दुर्व्यवहार गरेका थिए । शेर्पाले गायक राईलाई खाँदा ओढाएर माफी मागेका हुन् । त्यस्तै गायक राईले पनि सामाजिक सञ्जाल फेसबुकबाट पासाङ दावा शेर्पालाई माफी दिएको बताएका छन् । शेर्पाले माफी माग्दै भनेका छन्, ‘न्यू इयर इभको दिन भएकाले पनि म केही उत्तेजित भएँ । मैले उहाँलाई अंगालो हालेर उचाल्न खोजेको हुँ । तर, मेरो कारणले उहाँलाई कार्यक्रममा डिस्टर्ब भयो । म माफी माग्न चाहन्छु । म सबैसँग हात जोडेर माफी माग्छु ।’



पासाङ दावा शेर्पा

बुद्ध ट्याक्स एण्ड एकाउन्टिङ नेपाल अमेरिकन कम्युनिटीको आयोजना रहेको कन्सर्टमा सांगीतिक प्रस्तुति दिँदै गर्दा पासाङले स्टेजमै चढेर उनी माथि हातपात गरेका थिए । कन्सर्टमा उनीमाथि हातपात भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

सामाजिक सञ्जाल फेसबुकमा गायक रीले लेखेको स्टाटस जस्तो त्यस्तै
मानिस हो मानिसबाटै गल्ति हुन्छ ।
गल्ति स्विकार्नु पनि महानता हो । र उहा थोरै बिरामी हुनुहुन्छ । उहाको सिघ्र स्वास्थ्य लाभको कामना ।
अब ऊप्रान्त उहालाई गाली गलोज नगर्न आग्रह गर्दछु ।
यहाहरूकै
राजेशपायल राई (हाल) अमेरिका

 

सम्बन्धित समाचार