नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ पुस ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । भक्तपुर, सूर्यविनायक नगरपालिका-५ कटुन्जे डेरा गरी बस्ने खोटाङ दिक्तेल नगरपालिका-१ घर भएका ४० वर्षीय रामप्रसाद घिमिरे आफ्नै कोठमा सोमबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यस्तै रुपन्देही, ओमसतिया गाउँपालिका-२ पडसरीस्थित फेरोस्टिल प्रालिमा काम गर्ने चितवन कालिकानगर नगरपालिका-४ घर भएका ४४ वर्षीय बलराम महतो सोही प्रालिको कम्पाउण्डभित्र रहेको आफ्नो कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् । यस्तै उदयपुर, चौदण्डीगढी नगरपालिका-३ जब्दी बस्ने ८१ वर्षीया बुद्धिहिरा राई सोही ठाउँस्थित माछा पोखरीमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
घरबाट पुस १५ गतेदेखि हिडेकी उनको खोजी गर्ने क्रममा उक्त पोखरीमा शव फेला परेको हो । त्यसैगरी गुल्मी, मुसिकोट नगरपालिका-१ पौदीअमराई बस्ने ३० वर्षीय बिष्णु मगर सोही नगरपालिका-६ भुवाचिदीस्थित बडीगार्ड खोलाको बगरमा सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
