नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ पुस ।

निलम्बित सांसद रेशमलाल चौधरीका समर्थकहरुले नयाँ दल ‘नागरिक उन्मुक्ति पार्टी’ गठन गरेका छन् । आज (सोमबार) चौधरीले श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा ‘नागरिक उन्मुक्ति पार्टी’ नामक नयाँ राजनीतिक दल गठन गरेका हुन् ।
कैलाली टीकापुर घटनामा दोषी ठहर भई डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका चौधरी समर्थित नेताहरू निर्वाचन आयोग पुगेका हुन् । दल दर्ताका लागि चौधरीका समर्थकहरु भृकुटीमण्डपमा भेला भएर बाजागाजा सहित चौधरीका तस्बिर अंकित प्लेकार्ड र ब्यानर बोकेर निर्वाचन आयोगमा पुगेको थियो ।
उक्त र्यालीमा चौधरीकी श्रीमती रञ्जिता समेत सहभागी भएकी थिइन् । कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरी टीकापुर घटनामा दोषी ठहर भएपछि उनी अहिले पनि डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका छन् ।

