नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ पुस ।
पछिल्लो चौबीस घण्टामा नेपालमा ३२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १२ हजार ४९८ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ९ हजार ७०० जनाको पीसीआर परीक्षण गर्दा २९१ जना र दुई हजार ७९८ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण २ जनाको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ५९८ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज २५५ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ८ लाख १२ हजार ६७४ जना पुगेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या ५ हजार ५रहेको छ । जसमा ४ हजार ७५३ जना होम आइसोलेसनमा छन् भने २५२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ८९ संक्रमित आईसीयूमा र २१ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ८ लाख २९ हजार २७७ र एन्टिजेन विधिबाट ९६ हजार २८० जना पुगेको छ ।