एमालेको स्थायी कमिटी बैठकले गर्यो यस्तो निर्णय

नेकपा एमालेले राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारको नाम तय गरेको छ। एमालेले सातै प्रदेशमा क्लष्टरअनुसार १९ जना उम्मेदवारको टुंगो लगाएको हो। सत्ता गठबन्धनका दलहरुले भागबन्डाअनुसार नाम तय गरिरहँदा प्रतिपक्ष दल एमाले पनि निर्णयमा पुगेको हो।

आइतबार यही विषयलाई लिएर केन्द्रीय सचिवालय बैठक भएको थियो। सचिवालयमा छलफल गरेपछि अध्यक्ष ओलीले उम्मेदवारको अन्तिम सूची निर्माण गरेका हुन्।



एमालेले राष्ट्रियसभा निर्वाचनका लागि तय गरेको उम्मेदवारहरु

प्रदेश-१
खुलाः देवराज घिमिरे- झापा
महिलाः सुमित्रा भण्डारी- झापा
अल्पसंख्यकः सोनाम गेल्जेन शेर्पा- सोलुखम्बु

प्रदेश-२
खुलाः असर्फी भिनवार यादव- धनुषा
महिलाः बिना साह- रौतहट

बागमती
खुलाः गोपाल शाक्य -ललितपुर
महिलाः निरकुमारी कुँवर दर्लामी – सिन्धुली

गण्डकी
खुलाः पुण्यप्रसाद पौडेल-कास्की
महिलाः लीला पोखरेल थनेट- नवलपुर
दलितः गोविन्दबहादुर नेपाली-बाग्लुङ

लुम्बिनी
खुलाः रामदयाल गुप्ता- दाङ
महिलाः भारती खनाल – बाँके
दलितः कृष्णबहादुर सुनार -गुल्मी

कर्णाली
खुलाः चूडामणि शर्मा -सुर्खेत
महिलाः गंगा थापा महत-जुम्ला
अल्पसंख्यकः पदमबहादुर माझी -दैलेख

सूदुरपश्चिम
खुलाः डिल्लीराज भट्ट – डोटी
महिलाः सन्तोषकुमारी शर्मा- कैलाली
दलितः नरेश बिक- बैतडी

सम्बन्धित समाचार