नवकान्तिपुर संवाददाता
काठमाडौं, २० पुस ।

राष्ट्रिय जनमोर्चाले राष्ट्रिय सभाका लागि उम्मेदवार तय गरेको छ। जनमोर्चाले सत्ता गठबन्धनमा परेको आफ्नो कोटाबाट तुल बहादुर बिकलाई लुम्बिनी प्रदेश अन्तर्गतको राष्ट्रिय सभा उम्मेदवार बनाउने भएको हो।
राजमो उपाध्यक्ष दुर्गा पौडेलले बिकलाई उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिइन्।
यसअघि हिजो बसेको गठबन्धनको बैठकमा एमालेबाट रिक्त हुन लागेको राष्ट्रिय सभा सदस्यको स्थानमा गठबन्धनका दलहरुबीच भागवण्डा भएको थियो । जसअनुसार जनमोर्चाले एक सिट पाएको थियो ।

