राष्ट्रियसभा सदस्यका लागि जसपाले तय गर्‍यो उम्मेदवार, क-कसले पाए अवसर ?

जनता समाजवादी पार्टीले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दुई जना उम्मेदवार तय गरेको छ। जसपाको बैठकले दुई जनाको नाम टुंगो लगाउँदै अनुमोदन गरेको हो। प्रदेश १ मा हेमराज राई र प्रदेश २ मा मोहमद् खालिद सिद्दिकीलाई उम्मेदवार तोकेको छ।

राष्ट्रिय सभाको निर्वाचनमा प्रमुख प्रतिपक्ष दल एमालेको विरुद्ध सत्ता गठबन्धन एकजुट बनेका छन्। सोमबार गठबन्धनको बैठकले उम्मेदवार भागबन्डा गरेका छन्।



कांग्रेसले ६ सिट, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)ले ५-५, जनता समाजवादी पार्टीले २, राष्ट्रिय जनमोर्चाले १ सिटमा मंगलबार उम्मेदवारी दर्ता गराउन लागेका हुन्।

सम्बन्धित समाचार