प्रचण्ड अध्यक्षमा निर्वाचित भएपछि अमेरिकी दूतावासले गर्यो यस्तो ट्विट

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अमेरिकाले बधाई दिएको छ । आज (मंगलबार )अमेरिकी दूतावासले एक ट्विट गर्दै माओवादी अध्यक्षमा पुन: निर्वाचित भएकोमा प्रचण्डलाई बधाई दिएको हो ।

‘नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुनः चयन हुनु भएकोमा प्रचण्डलाई बधाई ! अमेरिका संसारभर प्रजातन्त्र र नेपालको प्रजातान्त्रिक प्रक्रियाका लागि प्रतिवद्ध छ, भन्दै देउवालाई प्रचण्डलाई बधाई’ ट्विटरमा उल्लेख छ । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनले अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सर्वसम्मत निर्वाचित गरेको थियो । आइतबार निर्वाचित भएका २३६ केन्द्रीय सदस्यमध्येबाट नेता नारायणकाजी श्रेष्ठले उनलाई अध्यक्षमा प्रस्ताव र अर्का नेता कृष्णबहादुर महराले समर्थन गरेका थिए ।



अमेरिकाले ट्विटरमा लेखेको छ, ‘Congratulations to Pushpa Kamal Dahal @cmprachanda for his re-election as the Chairman of the CPN (MC). The U.S. remains committed to democracy around the world and the democratic processes of Nepal.’

अमेरिकाको ट्विट :

अमेरिकाको ट्विट :

सम्बन्धित समाचार