नवकान्तिपुर संवाददाता
काठमाडौं, २० पुस ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । आज (मंगलबार) एमालेका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका हुन् ।
गण्डक प्रदेशबाट मनोनयन दर्ता गर्ने उम्मेदवारहरुमा स्याङ्जाका अर्जुनकुमार सुनाम, कास्कीका पुण्यप्रसाद पौडेल र महिलामा नवलपुरकी लीला थनेत रहेका छन् । उनीहरुको मनोनयन दर्ता गराएको एमाले प्रदेश सचिव धनञ्जय दवाडीले जानकारी दिए ।
एमालेले गण्डकी प्रदेशमा खुलातर्फ पौडेल, दलितबाट नेपाली र महिलाबाट थनेतको नाम चयन गरेको हो । राष्ट्रिय सभा सदस्य निर्वाचन आगामी माघ १२ गते हुँदैछ ।

