बागमती प्रदेशमा गठबन्धनबाट क-कसले गराए उम्मेदवारी दर्ता ?

बागमती प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि गठबन्धनबाट दुई जनाले उम्मेदवारी दर्ता गराएका छ । आज (मंगलबार) गठबन्धनबाट दुई जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्ता गर्नेहरुमा गठबन्धनबाट नेपाली काँग्रेसका कृष्णप्रसाद पौडेल र नेकपा (एकीकृत समाजवादी)की गोमा तिमल्सिना रहेका छन् । बागमतीबाट काँग्रेसका राधेश्याम अधिकारी र एकीकृत समाजवादीकी उदय शर्मा पौडेलको कार्यकाल आगामी फागुमा सकिने भएकोले बागमती प्रदेशको दुई सिटमा उनीहरुको नाम अगाडी सारिएको हो ।



राष्ट्रिय सभा सदस्य निर्वाचन आगामी माघ १२ गते हुँदैछ भने आज उम्मेदवारको मनोयन भैरहेको छ ।

सम्बन्धित समाचार