नवकान्तिपुर संवाददाता
काठमाडौं, २० पुस ।

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनबाट तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । आज (मंगलबार) गठबन्धनबाट तीन जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्ता गर्नेहरुमा गठबन्धनबाट नेपाली काँग्रेसबाट बाँकेका युवराज शर्मा, नेकपा (एकीकृत समाजवादी) पार्टीबाट पाल्पाकी राजेन्द्रलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाबाट रुपन्देहीका तुलप्रसाद विश्वकर्मा रहेका छन् । लुम्बिनी प्रदेशको तीन सिटमा उनीहरुको नाम अगाडी सारिएको हो ।
लुम्बिनी प्रदेशमा महिला, दलित र अन्य समुदाय गरी तीन पदका लागि निर्वाचन हुँदैछ । राष्ट्रिय सभा सदस्य निर्वाचन आगामी माघ १२ गते हुँदैछ भने आज उम्मेदवारको मनोयन भैरहेको छ ।

