बंगलादेशको ऐतिहासिक जित

न्युजिल्यान्ड भ्रमणमा रहेको बंगलादेशले पहिलो टेस्टमा ऐतिहासिक जित निकालेको छ । आज (बुधबार) बिहान भएको खेलमा घरेलु टोली न्युजिल्यान्ड बंगलादेशसँग ८ विकेटले पराजित हुन पुग्यो ।

बंगलादेशले न्युजिल्याण्डविरुद्ध टेस्ट क्रिकेटमा पहिलो पटक जित हात पारेको हो । दोस्रो इनिङ्समा न्युजिल्यान्डले दिएको ४० लक्ष्य बंगलादेशले २ विकेट गुमाउदै पूरा गर्यो । बंगलादेशका लागि मोमिनुल हकले अविजित रहँदै १३ रन जोडे भने होसेन शान्टोले १७ रन बनाए । त्यस्तै मुस्फिकर रहिम ५ रनमा अविजित रहे । न्युजिल्यान्डका लागि टिम साउथी र केली जेमिसनले समान १-१ विकेट लिए ।



बंगलादेशको ऐतिहासिक जित

यसअघि पाहुना टोली बंगलादेशले पहिलो इनिङ्समा ४५८ रन बनाएको थियो । उसका लागि कप्तान मोमिनुल हकले,  लिटोन दासले,  हसन  जोयले र होसेन शान्टोले अर्धशतकीय पारी खेलेका थिए । उनीहरुले क्रमश: ८८, ८६ ७८ र ६४ रन बनाएका थिए । न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्टले ४ विकेट लिए भने निल वाग्नेरको भागमा १ विकेट रह्यो ।

तर पहिलो इनिङ्मा घरेलु न्युजिल्यान्डले भने ३२८ रनमात्र बनाएको थियो । उसका लागि डेभोन कोन्वेले १२२ रनको शतकीय पारी खेले भने हेनरी निकोलसले ७५ रन जोडे । त्यस्तै विल योङ्ले ५२ रन बनाए । बंगलादेशका लागि शोरिफुल इस्लाम र मेहदी हसन मिराजले समान ३-३ विकेट लिए ।

न्युजिल्यान्ड

दोस्रो इनिङ्समा भने घरेलु न्युजिल्याण्ड १६९ रनमा समेटियो र बंगलादेशलाई ४० रनको सामान्य लक्ष्य दियो । न्युजिल्यान्डका लागि दोस्रो पारीमा विल योङ्ले ६९ रनको अर्धशतकीय पारी खेले भने रोस टेलरले ४० रन बनाए । बंगलादेशका लागि एबाडट होसेनले ६ विकेट लिए भने ताक्सिन अहमेदको भागमा ३ विकेट रह्यो । जितसँगै बंगालदेशले २ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।

सम्बन्धित समाचार