मन्त्रिपरिषद् बैठक बस्दै, के आउँला निर्णय ?

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज (बुधबार)दिउँसो साढे १ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो ।

बैठकमा प्रधानमन्त्री देउवाको भारत भ्रमणका विषयमा छलफल हुने छ । प्रधानमन्त्री देउवा यही पुस २५ गते भारत भ्रमणमा जाँदै छन् । त्यस्तै बैठकले समसामयिक विषयमा छलफल गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी बैठकमा आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका विषय र विभिन्न मन्त्रायलका एजेन्डाका विषयमा पनि छलफल हुने बालुवाटार स्रोतले बताएको छ ।



पुस २६ गते गुजरातको अहमदाबादमा आयोजना हुने ‘भाइब्रेन्ट गुजरात’ सम्मेलनमा सहभागी हुन देउवा भारत जान लागेका हुन् । प्रधानमन्त्री देउवाका सबै भेटवार्ता गुजरातमै हुने तय भएको छ । भारतीय प्रधानमन्त्री मोदी गुजरातमै हुने भएकाले नयाँ दिल्लीमा यसपटक भेटवार्ता नहुने प्रधानमन्त्री देउवाको निजी सचिवालयले जनाएको छ ।

 

 

सम्बन्धित समाचार