जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा रुपन्देही, सियारी गाउँपालिका-६ बस्ने ३८ वर्षीय अन्तराम थारुलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

पाल्पा रैनादेविछहरा गाउँपालिका-८ गल्दास्थित बाटो छेउमा आइतबार दिउँसो ती किशोरीलाई अन्तरामले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।



यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार